× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्राफिक व्यवस्थापनमा सक्रिय रुपमा खटीरहने प्र.ना.नि. पौडेलको ट्याक्टरको ठक्करबाट मृत्यु

    ३ वर्ष पहिले

    फाल्गुण २१, चितवन
    ट्राफिक व्यव्स्थापनमा सक्रिय रुपमा खटिरहने ट्राफिक प्रहरीको विहीबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १४ स्थायी घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक अर्जुन पौडेल रहेको प्रहरीले जनाएको छ । पौडेलले चलाएको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । पौडले आफ्नो ड्युटी सकेर घर फर्कने क्रममा भरतपुर महानगरपालिका वडा नं. ६ जयनेपाल चोकमा दुर्घटनामा परेका हुन् । ट्राफिक व्यवस्थापनमा निकै सक्रिय रुपमा खटिनुहुने प्रहरी नयाब निरीक्षक अर्जुन पौडलको दुखद् निधनप्रति हाइवे समाचार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।