× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ९१ संक्रमित थपिए, निको हुनेको संख्या ३६२

    ३ वर्ष पहिले

    फागुन-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ९ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ६ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ४२ हजार ९ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ७५ हजार १ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३१ जना रहेको छ।

    २४ घण्टामा ३ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५८ हजार ५ सय ५५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५३ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ।