× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दमौलीको हार्डवेयर पसलमा भीषण आगलागी, नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिँदै

    ३ वर्ष पहिले

    फागुन-२२, तनहुँको सदरमुकाम दमौली बजारको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्याङ्कर प्रयोग गरिएको छ।

    त्यसैगरी आगो नियन्त्रणका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पनि पुगेको छ । आगो फैलनेक्रम नरोकिएकोले हेलिकोप्टरबाट समेत पानी खसालेर नियन्त्रणमा लिन लागिएको हो ।

    हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरणा आउन बाँकी छ ।