३ वर्ष पहिले
फागुन-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार १ सय ३४ जना पुगेको छ ।
२४ घण्टामा ६ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ५२ हजार २ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ४ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ७८ हजार ४ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ३० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय २० जना रहेको छ।
२४ घण्टामा ५ सय ७६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५९ हजार ४ सय ६९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४४ जना र भेन्टिलेटरमा ७ जनाको उपचार भईरहेको छ।