× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-२४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

    देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।