× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    थापाको नेतृत्वमा ३३ सदस्यिय इच्छाकामना खेलकुद तथा सांस्कृतिक समिति गठन

    ३ वर्ष पहिले

    फाल्गुण २४, मुग्लिन
    चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अनुशासन, सहभागी र प्रतिस्पर्धा भन्ने मुल नाराका साथ खेलकुद तथा सांस्कृतिक परिषद् गठन भएको छ । इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा वडा नं. ५ का अध्यक्ष मोदराज सिलवालको विशेष आतिथ्यमा रवि कुमार थापाको नेतृत्वमा ३३ सदस्यिय कमिटी गठन भएको हो ।

    आज गठित समितिको बरिष्ठ उपाध्यक्षमा बाबु थापा मगर, उपाध्यक्षहरुमा रविन मिया र लक्ष्मी त्रिपाठी रहेका छन् । त्यस्तै सचिवमा सनम पन्त, सह–सचिवहरुमा झलक गुरुङ्ग र दिल बहादुर गुरुङ्ग, कोषाध्यक्षमा आकाश शेरचन, सह–कोषाध्यक्षमा आस्था त्रिपाठी र सदस्यहरुमा विज्ञान बुढाथोकी, विनोद श्रेष्ठ, अतुल गुरुङ्ग लगायतका सदस्यहरु रहेका छन् ।

    कार्यक्रममा स्थानीय बुद्धिजीवि, समाजसेवी, कलाकार, खेलाडी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् इच्छाकामा गाउपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठले नवगठित कमिटीलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुहुदै पालिकाको कला, संस्कृति तथा खेलकुद विकासमा युवाहरु सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

    पालिका भित्र रहेको सांस्कृतिक सम्पदा एवम् विभिन्न जातजातिको कला संस्कृतिलाई जोगाइराख्न तथा युवाहरुमा भएको खेलकुद प्रतिको प्रतिभालाई उजागर गर्ने उद्देश्यले खेलकुद तथा सांस्कृतिक परिषद् गठन गरिएको कार्यक्रमका संयोजक रवि कुमार थापाले बताउनुभयो ।

    त्यस्तै उहाँले खेलकुदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखि सु–संस्कृत समाजको निर्माण गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराई परिश्रम र परिवर्तन प्रति सचेत रहि स्वस्थ एवम अनुशासित नागरिकको पहचिना वनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरु उत्पादन गर्न पालिका भित्रका सबै वडाका युवाहरु एक भएर लाग्ने बताउनुभयो ।

    त्यस्तै समितिका सचिव सनम पन्तले पालिका भित्र रहेका विभिन्न जातजातिको कला संस्कृतिको जगेर्ना तथा खेलकुदको विकास गर्न सबै वडाहरुमा विविध खेलकुदा तथा साँस्कृतिक गतिविधिहरु गरिने बताउनुभयो ।