× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उद्योग वाणिज्य संघ चितवनको नेतृत्वको लागि उमेदवारी घोषणा

    ३ वर्ष पहिले

    फागुन-२५, उद्योग वाणिज्य संघ चितवनको अधिवेशनको नजिकिँदै गर्दा व्यावसायिक नेताहरुले विभिन्न पदमा उमेदवारीसमेत घोषणा गरेका छन्।

    यही फागुन ३० गते हुने अधिवेशनको लागि मनोनयन दर्ता हुनुपूर्व आगामी दुई वर्षेको कार्यकाल हाँक्नको लागि अध्यक्ष पदसहितका पदाधिकारीले साझारुपमा उमेदवारी घोषणा गरेका हुन्।

    अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरुमा चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपालले संयुक्तरुपमा उमेदवारी घोषणा गरेका हुन्।

    पत्रकार सम्मेलनमा गरि उम्मेदवारी घाेषणा गर्दै कार्यसमिति नै सर्वसम्मत हुने उनीहरुको दाबी छ।

    संघको अधिवशेनको लागि आज दिउँसो ३:०० बजे देखि ५:०० बजे सम्मको लागि मनोनयन दर्ताको समय अवधि राखिएको छ ।