× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संखुवासभा दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

    ३ वर्ष पहिले

    फागुन-२६, संखुवासभामा आज (बिहिबार) बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चौध पुगेको छ ।

    प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईंले अधिकांशको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् ।

    स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

    मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस साढे ५ बजेतिर मादी नगरपालिका–६ स्थित सातघुम्तीमा दुर्घटना परेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

    घटनाबारे थप अनुसन्धान तथा मृतक र घाइतेको सनाखत क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।