× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित १ सय १२ थपिए, निको हुनेको संख्या ४२८

    ३ वर्ष पहिले

    फागुन-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ६ सय ६४ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ६९ हजार ५ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ८७ हजार ८ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय १० जना रहेको छ।

    २४ घण्टामा ४ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६० हजार ४ सय ९७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३४ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।