× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छकामनाबाट नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न २० वटा सवारी साधन प्रहरी नियन्त्रणमा

    ३ वर्ष पहिले

    फागुन-२६, चितवनको इच्छकामना गाउँपाालिका भालुमारामा बिहीबार बिहान ५:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न २० वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

    प्रहरीले नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा ४ वटा जेसिबी, लोड गरिसकेको अवस्थामा १० वटा टिप्पर र ६ वटा ट्रयाक्टर गरी २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।