× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २९

    ३ वर्ष पहिले

    फागुन-२७, चितवनमा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या २९ पुगेको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ८९ पिसिआर परीक्षण हुँदा भरतपुर महानगरपालिकाको १ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने निको हुनेको संख्या शुन्य रहेको छ।

    चितवनमा सक्रिय संक्रमितको मध्ये भरतपुर महानगरपालिकाको १३ ,खैरहनी नगरपालिकाको ३, माडी नगरपालिकाको ५, रत्ननगर नगरपालिकाको ४, राप्ती नगरपालिकाको ३, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २७ जना घरको आइसोलेसनमा रहेका छन्।