× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोकाकोला विरुद्ध ७ अर्ब ४३ करोड भन्दा बढी करछलीको अभियोगमा मुद्दा दायर

    ३ वर्ष पहिले

    फागुन-२७, बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु) विरुद्ध तीन अर्ब ७२ करोडबराबरको कर छलीको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा मुद्दा दायर गरेको हो।

    विभागले आरोपपत्रमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबरको बिगो र बिगोको शतप्रतिशत जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो। बोटलर्स नेपाल लिमिटेडको शेयर स्वामित्वमा परिवर्तन गर्दा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई कर छली गरेको भन्दै विभागले त्यसमा संलग्न व्यक्तिहरूविरुद्ध कर असुली र सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।

    आरोपपत्रमा बालाजु ‌औद्याेगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडको सञ्चालक समितिमा उक्त कम्पनीको सेयरहोल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साबिकको कोकाकोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यहरू र कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।