× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साताको पहिलो दिन बढ्याे सुनचाँदीको मूल्य

    ३ वर्ष पहिले

    फागुन-२९, साताको पहिलो कारोबारको दिन (आइतबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    गत साता अर्थात शुक्रबार प्रतितोलामा ६०० रुपैंयाले बढेको सुनको मूल्य आज पनि तोलामा २०० रुपैंयाले बढेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको महासंघले जनाएको हो ।

    तेजावीको सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ ।यस्तै,महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।