× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन आँबुखैरेनी सडकखण्डमा बस र जिप आपसमा ठोक्किँदा १ जनाको मृत्यु

    ३ वर्ष पहिले

    फागुन-२९, पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    मुग्लिन आँबुखैरेनी सडकखण्ड अन्तर्गत ऐनापहारा भन्ने स्थानमा बस र टाटा सुमो जिप एकापसमा ठोक्किँदा जिपमा सवार एकजनाको निधन भएको छ भने ३ जना सख्त घाइते भएका छन्। घाईतेलाई उपचारको लागि अस्पताल लगिएको छ।

    मुग्लिनबाट आँबुखैरेनी जाँदै गरेको ग२ख ३०७ नं को बसले मुग्लिन तर्फ आउदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमोलाई ठक्कर दिँदा जिप नदी तर्फको करिब २० मिटर तल खोल्सामा खसेको छ।

    दुर्घटनाका घाईतेहरुलाई नेपाली सेना तथा प्रहरीले उद्दारकार्य गरेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।