× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रुसी सेनाको हमलामा पत्रकार एवं फिल्म निर्माता ब्रेन्ट रिनाउड मारिए

    ३ वर्ष पहिले

    फागुन-३०, रुसी सेनाको हमलामा अमेरिकी सहयोग पत्रकार एवं फिल्म निर्माता मारिएका छन् । इरपिन शहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् ।

    हमलामा अर्का एकजना घाइते भएका छन् । इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन् ।

    गोली लागेर उनका सहकर्मी घाइते भएका छन् । ब्रेन्टसँग न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।