× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा चैत ९ गतेदेखि १२ गतेसम्म कृषि कर्जा मेला हुने

    ३ वर्ष पहिले

    फागुन-३०, चितवनमा चैत ९ गतेदेखि १२ गतेसम्म कृषि कर्जा मेला हुने हुने भएको छ।

    कृषकहरूलाई कृषि कर्जा सम्बन्धी जानकारी गराउने उद्देश्यसहित कृषि कर्जा मेला गरिने भएको छ । नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनामा आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि कर्जा मेला आयोजना गर्न लागेका हुन् ।

    मेला चितवन एक्स्पो सेन्टर भरतपुर चितवनमा हुनेछ । मेलाबारे जानकारी गराउन सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैंक तथा कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरूमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने मेला आयोजना गरिएको जानकारी गराइयो ।

    यस्तै बैंकहरूलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको मेलाले बैंक तथा कृषकहरूलाई एक आपसमा जोड्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

    नीति निर्माता, राष्ट्र बैंक, वाणिज्य बैंक र कृषिकहरूको सहभागिता रहने मेलाले आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास आयोजकको छ।