× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    होलीमा इच्छाविपरीत रङ दले, लोला हाने र उच्छृंखल व्यवहार गरे कार्वाही गरिने

    ३ वर्ष पहिले

    चैत-१,फागु पुर्णिमा एवं रङहरूको पर्व होलीमा इच्छाविपरीत जबरजस्ती रङ दले, लोला हाने र उच्छृंखल व्यवहार गरे कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख अस्मान तामाङले जनाएको छ।

    प्रशासन कार्यालयले जारी गरेको सूचना भनिएको छ “विगतका वर्षहरूमा आफ्नो रीतिरिवाज तथा परम्परा विपरीत होली पर्व मनाउने नाममा विभिन्न उच्छृङ्खल क्रियाकलाप गरी सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, फोहोर पदार्थले हान्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरे अवाञ्छित एवं उच्छृङ्खल एवं गैर कानुनी क्रियाकलाप गरि शान्तिसुरक्षा खलल पार्ने किसिमको गतिविधि गरेको पाइएकोले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा सूचित गरिन्छ ।”

    सुचनामा समाजमा सुसंस्कार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल समेत सबैबाट प्रशासनले सहयोगको अपेक्षा राखेको जनाएको छ।

    नियम विपरित हुने गरी कोही कसेले अवाञ्छित एवं उच्छृंखल गतिविधि गरे गराएमा कानुन बमोजिम कारबाही हुने सूचनामा जनाएको छ।