× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

    ३ वर्ष पहिले

    चैत-३, नेपाल आयल निगमले मूल्य बढाएको दुई हप्ता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

    अन्तर्राष्ट्रिय बजारबाट नै मूल्य बढेर आएपछि घाटा थेग्नै नसक्ने अवस्था भएको निगमले जनाएको छ । घाटा थेग्नै नसक्ने भएपछी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमको भनाई छ ।

    निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ।

    नयाँ मुल्य सुची अनुसार पेट्रोलको प्रतिलिटर १ सय ५५ रुपैयाँ, डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ ।

    यस्तै हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १५ रुपैयाँ बढेर १ सय ५१ रुपैयाँ नयाँ मूल्य तोकिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ अमेरिकी डलर पुगेको छ ।

    खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । निगमले प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ घाटा ग्यास विक्री गरिरहेको निगमले बताएको छ ।