× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    होलीको दिन हाइवेमा प्रहरीद्धारा चेकिङ्गमा कडाइ

    ३ वर्ष पहिले

    चैत्र ३, मुग्लिन
    रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन प्रहरीले हाइवे क्षेत्रमा आज सवारी साधनको चेकिङ्गमा कडाइ गरेको छ । हाइवे क्षेत्र अन्तरगत चितवनको मुग्लिन, फिस्लिङ्ग र गण्डकी प्रदेश प्रवेश गर्ने नाका तनहुँको बेनीटारमा सवारी साधनको चेकजाचमा प्रहरीले कडाइ गरेको हो ।

    फागुखेल्ने बहानमा मापसे गरेर सवारी हाक्ने, ट्राफिक नियमको पालना नगर्ने, उछृंखल गतिविधि गर्न सक्ने भन्दै प्रहरीले सवारी चेकजाचमा कडाइ गरेका हुन् ।


    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुर्य बहादुर रानाका अनुसार होली खेल्ने बहानामा होहल्ला गर्ने, मापसे गरेर सवारी हाक्ने, जवरजस्ती फागु दल्ने जस्ता क्रियाकलाप रोक्नको लागि फिस्लिङ्ग र मुग्लिनमा ट्राफिक प्रहरी सहित सुरक्षाकर्मी खटाइएको बताउनुभयो । ट्राफिक नियमको उल्लघन संगै मापसे गरेर सवारी साधन चलाउदा दुर्घटना भई जनधनको क्षति हुन सक्ने भएको कारण पनि सवारी चेकजाचमा कडाइ गर्नुपरेको उहाँले बताउनुभयो ।


    त्यस्तै गण्डकी प्रदेश प्रवेश गर्ने मुख्य नाका बेनिटारमा समेत सवारी चेकजाचमा कडाइ गरेको छ । तोकिएको भन्दा बढी यात्रु राख्ने, ट्राफिक नियमको उल्लघन गर्ने, लाइसेन्स तथा सवारी धनी कागजात साथमा नलिइ हिड्ने, नियम विपरित आफ्नो इच्छा अनुसार मोडिफाइ गरेको पाइएमा कडा कार्वाही गर्ने प्रहरीले बताएको छ ।


    होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन सवारी चेकजाचमा आज विहानै देखि कडाइ गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायव निरीक्षक विरेन्द्र महतोले हाइवे समाचारलाई जानकारी दिनुभयो ।