× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना मन्दिरकाे ढाेका खुल्याे अब भित्र नै दर्शन गर्न पाउने ।

    ३ वर्ष पहिले


    गाेरखा, मनकामना । काेभिड–१९ काे कारण लामाे समय देखि मनकामना मन्दिरमा नित्य पूजा मात्रै गर्ने गरी भित्र गर्भमा दर्शनकाे लागी राेक लगाउदै बन्द भएकाे मन्दिरकाे ढाेका यहि फाल्गुण ३ गतेदेखि सबै दर्शनार्थीहरूकाे लागी समेत हुने गरी खुला भएकाे छ ।

    मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा फागुन १ गते मनकामनाका सरोकारवालाहरुको समेत बृहत उपस्थितिमा बैठक बसि फागुन १५ गते आइतबार देखि मनकामना मन्दिरकाे ढाेला सबैकाे लागी खुल्ला गरिने भनी निर्णय भएतापनि अझैसम्म सो व्यवस्था लागू हुन भने सकेको थिएन ।


    मन्दिरका पूजारी, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णाेद्धार समिति, मनकामना उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, भद्रभलादमी लगायतको छलफल र पहल पश्चात भक्तजनलाई मन्दिर भित्र नै प्रवेश गराई पूजा गर्ने व्यवस्था गर्न लागिएको उद्योग वाणिज्य संघ मनकामनाका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयाे । अहिले मनकामनामा उल्लेख्य संख्यामा भारतीय पर्यटकहरूकाे समेत आवगमन बढ्दै गएकाे र आन्तरीक भक्तजन एवं पर्यटकहरूकाे भिडभाड समेत रहेकाेमा अव याे निर्णयसंगै आउने भक्तजनको संख्यामा थप वृद्वि हुने अपेक्षा राखिएको उनले बताउनु भयाे । हाल मनकामना नेपाल कै एक प्रमुख गन्तव्यकाे रूपमा समेत प्रख्यात हुदै गएकाे अवस्था रहेकाे समेत उनले बताए ।