३ वर्ष पहिले
चैत्र-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार २ सय ३५ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ५ हजार ८ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार २ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ११ हजार ३ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ हजार १ सय ८३ रहेको छ भने संस्थागत आइसोलेसनमा ५८ जना रहेको छ।
२४ घण्टामा ३ सय ८२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६२ हजार ९ सय ६४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.११ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २७ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।