× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको घटनापछि भएको तनावमा एक महिला प्रहरीको मृत्यु

    ३ वर्ष पहिले

    चैत-७, मोरङको लेटाङ नगरपालिकामा छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको आरोपमा भएको तनाव नियन्त्रण गर्ने क्रममा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।

    लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भनेर घटना सार्वजनिक भएसँगै आक्रोशित युवा र विद्यार्थीले विद्यालय घेरेका थिए।

    नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि प्रहरीलाई बोलाइएको थियो । आक्रोसित भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको बेला ती महिला प्रहरीको घाँटीमा छुरा प्रहार भएको थियो । गम्भीर घाइते भएकी उनको पछि मृत्यु भएको हो ।भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको रार्ईको भनाई छ ।

    भीडले नगरपालिकाका उपमेयर र वडाध्यक्षमाथि समेत आक्रमणको प्रयास गर्नुका साथै विद्यालयमा आगजनीसमेत गरेको थियो।

    विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रमण गर्दा महिला प्रहरीको ज्यान गएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएको जनाइएको छ ।

    घट्नाबारे प्रहरीको आधिकारिक जानकारी आउन बाँकी छ ।