× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमति प्रदेशस्तरीय कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न।

    ३ वर्ष पहिले

    हेटौडा, बागमति प्रदेश । नेपाली कांग्रेस बागमति प्रदेश कार्य समितिको आयोजनामा हेटौडामा सम्पन्न बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कार्य समितिका पदाधिकारी र सदस्यहरु, प्रदेश सांसदहरु, मन्त्रीहरु सम्मिलित थिए । एक दिवसीय प्रशिक्षण कार्यक्रम बाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौडामा सम्पन्न भयो। स्थानीय निर्बाचन लक्षित “घर घर जाऔ, कांग्रेस जिताऔ” अभियान अन्तर्गत संचालित सो प्रशिक्षण शिबिरमा एमसिसि र बिकास बिषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष प्रा. डा. गोबिन्द प्रसाद पोख्रेल, संघीयताको सम्बन्धमा राष्ट्रिय सभाका माननीय सांसद डा. खिमलला देबकोटाआगामी चुनाबमा कांग्रेस प्रति जनआकर्षण कसरी पैदा गर्ने ? पोलिटिकल मार्केटिङ र संचार बिषयमा नेका युवा नेता राम बहादुर लामाले प्रशिक्षण दिनु भएको थियो।

    नेका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरु, सांसद, मन्त्री समेत गरी करिब १२० जना सहभागिता रहेको सो प्रशिक्षणको समापनमा नेपाली कांग्रेस प्रदेश कार्य समितिका सभापति एबं बागमति प्रदेश नेपाली कांग्रेस संददीय दलका नेता माननीय ईन्द्र बहादुर बानियाले एक मन र तनका साथ आगामी निर्बाचनमा कांग्रेस कार्यकर्ताहरुलाई चुनाबी मैदानमा जुटन र खटन निर्देशन दिनु भयो।