× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना केवुलकारको सेवा एकदिनको लागी बन्द हुने

    ३ वर्ष पहिले

    गोरखा, मनकामना । नियमित मर्मत सम्भारको लागी मनकामना केवुलकारको सेवा चैत १४ गते सोमबार एक दिनको लागी बन्द गरिने भएको छ ।

    नेपालकै पहिलो र हालसम्मको लामो दुरी (३ कि.मी.) को मनकामना केवुलकार विश्वस्तरीय प्रविधिबाट सञ्चालित छन । अब छिट्टै नै स्तरोन्नती गर्न गइरहेको बताउनु हुदै सो समयमा करिब एक देखि डेढ महिना केवुलकार सेवा बन्द हुने समेत नायब महाप्रबन्धक उज्वल शेरचनले बताए ।

    हाल दैनिक रुपमा तीनहजार भन्दा बढ्ता यात्रुलाइ सेवा दिइरहेको मनकामना केवुलकारले एकघण्टामा ७०० यात्रुलाइ चेरेस चितवन देखि गोरखाको मनकामनासम्म पुर्याउदै आइरहेको छ । दश देखि पन्ध्र मिनेटको यात्रा पूर्णरुपमा सुरक्षित, भरपर्दो र सर्वशुलभ रहेको प्रमुख अपरेशन एण्ड मेन्टिनेन्स ई.सुनील कर्माचार्यले बताउनु भयो ।

    हाल मनकामना मन्दिरमा ढोकाबाट भित्र नै प्रबेश गरी पुजा गर्न पुर्णरुपमा खुला गरिसकेको छ ।