× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    युरो विजेता इटाली विश्वकपमा छनोट हुन असफल

    २ वर्ष पहिले

    चैत-११, फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ ।

    इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो ।

    घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा चुक्दा र अन्तिम समयमा गोल खाँदै विश्वकपको छनोटबाटै बाहिरिन पुग्यो ।

    अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।