३ वर्ष पहिले
चैत-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४ सय १४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ८ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख २३ हजार ८ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ५ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख १९ हजार ६ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार ९ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४४ जना रहेको छ।
२४ घण्टामा २ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६४ हजार ३ सय ९८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२२ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २१ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।