× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    चैत-१२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार प्रदेश १,गण्डकी र सूदुरदश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग र अन्य प्रदेशमा आंशिक बदली रहेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै राती प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।