× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित ८ थपिए, निको हुनेको संख्या २१०

    ३ वर्ष पहिले

    चैत-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४ सय २२ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख २५ हजार ५ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ९ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा सबै परीक्षण नेगेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २० हजार ५ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार ९ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४१ जना रहेको छ।

    २४ घण्टामा २ सय १० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६४ हजार ६ सय ८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १९ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।