× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नजिकै चामल बोकेको ट्रक दुर्घटना, चालक घाइते

    २ वर्ष पहिले

    चैत्र १३, मुग्लिन
    आज विहान मुग्लिन नजिकै ट्रक दुर्घटना भएको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ६ ख ६५९३ नम्बरको मालबाहक ट्रक चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित घोप्टेभिरमा दुर्घटना भएको हो ।

    दुर्घटना परी ट्रकका चालक जिल्ला रुपन्देही सिहरी गाउपालिका वडा नं. १ बस्ने बर्ष ३९ को मेघनाथ लामिछाने घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । विहान २ः३० बजे भएको दुर्घटनाको जानकारी सोही ट्रकका चालक लामिछानेले दिएको इलाका प्रहरी कार्यालय मुग्लिनको संचार शाखाले जनाएको छ ।

    ट्रक सडक बाट झण्डै १०० मिटर तल त्रिशुली किनारामा खसेको अवस्थामा छ भने दुर्घटना स्थल वरपर “लायन रोजन राइस” ब्राण्डका चामलका प्याकेट तथा बोराहरु छरिएको अवस्थामा रहेको छ भने उक्त क्षेत्रमा प्रहरीले आफ्नो सुरक्षाकर्मीहरु खटाएका छन् ।