× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका विनय अधिकारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपमहासचिव पदमा चयन

    ३ वर्ष पहिले

    चैत-१४, चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारमा घर भई हाल बेलायतमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका सामाजिक अभियन्ता विनय अधिकारी गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको १० औ महाधिवेशन (विश्व) सम्मेलनबाट उप-महासचिव पदमा सर्वसम्मत चयन भएका छन् ।

    प्रवासी गोरखालीहरु को साझा संस्था ग्लोबल गोरखा समाजका अध्यक्ष रहेका अधिकारी लामो समय विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा रहेर काम गर्दै संघको १० औं महाधिवेशनबाट उप-महासचिव निर्वाचित भएका हुन् ।अधिकारीले अध्यक्षकी प्रत्यासी रविना थापाको समुहबाट महासचिव पदमा उम्मेदवारी दिएका थिए ।

    एनआरएनए अभियानमा संक्रिय व्यक्तित्व विनय अधिकारी (बेलायत) महासचिव पदको बलियो प्रतिस्पर्धीको रुपमा देखिएका थिए । तर संघको महाधिवेशमा पदाधिकारीहरु सर्वसम्मत चयन हुने प्रक्रियामा अग्रजहरुको अथक प्रयास र मेहनत आम गैर आवासिय साथीहरुको समेत भावना मिल्न पुगेकोले एक कदम पछाडी हटेर सहमती,सहकार्यको बाटो अपनाएको अधिकारी बताउँछन् ।