× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेपाल विजयी

    २ वर्ष पहिले

    चैत-१४, त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो। नेपालबाट आशिफ शेखले सर्वाधिक ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बटुलेका थिए।

    पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।

    जवाफमा उत्रिएको पीएनजी १९ ओभर २ बलमै १ सय ६८ रन बनाएर अलआउट भयो।

    पपुवा न्युगिनीका नर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक इनिङ खेले ।

    नेपाल लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने अभिनाश बोहराले २ विकेट र सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

    नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । पपुवा न्युगिनीसँग ओडिआईमा भने नेपाल दुबै खेलमा पराजित भएको थियो ।