× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प

    २ वर्ष पहिले

    चैत-१८, व्यवसायीहरुले शुक्रबार (आज) देखि पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

    सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

    आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड/अनलोड रोकेका छौं,’ अर्यालले भने, ‘हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन ।’

    आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

    निगमकाअनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोका अनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्छ ।

    फाइल फोटो

    हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ ।