× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढ्यो

    २ वर्ष पहिले

    चैत-१८, शुक्रबार (आज) सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

    बिहीबार (हिजो) छापावाल सुन तोलाको ९८ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३५० रुपैयाँमा कारोबार भएको थियो ।