३ वर्ष पहिले
चैत-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ५ सय ८१ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ५ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ४८ हजार ९ सय ६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ सय १९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २८ हजार २ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ५१ जना रहेको छ।
२४ घण्टामा ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ४ सय ६९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १३ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।