× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अस्ट्रेलियालाई एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि

    २ वर्ष पहिले

    चैत-२०,अस्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ।

    फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलिया सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो। अस्ट्रेलियाले ९ वर्ष पछि एकदिवसिय महिला विश्वकप जितेको हो।

    ३५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अलआउट भयो। इंग्ल्यान्डकी नाट सेभरले १४८ रनको अविजित शतकीय इनिङ्स खेलेकी थिइन्। उनले १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गरिन्। तर, अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

    यस्तै, टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र चार्ली डीनले २१ रन बनाइन्।

    अस्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले ३/३ विकेट लिइन्। मेगन स्कटले २ विकेट लिइन्।

    त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५७ रन विशाल योगफल बनाएको थियो। यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो।

    ओपनर हेलीले १७० रनको शतकीय इनिङ्स खेलिन। उनले १ सय ३८ बलमा २६ चौका प्रहार गरिन्। हेलीको यो अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो। ओडीआई उनको यो करिअरकै पाँचौं शतक हो।

    अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन्। पहिलो विकेटका लागि हेन्स र हेलीले २९.१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

    बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन्। एलिस ऐरीले १७ र मेग ल्यानिङले १० रन बनाइन्।इंग्ल्यान्डको लागि अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्।

    अस्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा उपाधि जितेको थियो।