× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर महानगरको मेयर नछाड्ने चितवन कांग्रेसको निर्णय

    २ वर्ष पहिले

    चैत-२०, नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।

    आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

    भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसको उम्मेदवार रहने गरी गठबन्धनका दलहरूबीच तालमेल प्रकृया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

    स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा कांग्रेसकै उमेदवार रहनुपर्ने अन्यथा कांग्रेस चितवन गठबन्धन नमान्ने निर्णयमा पुगेको पार्टी सभापति खनालले जानकारी दिए ।

    हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।