३ वर्ष पहिले
चैत-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ६ सय ७२ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार २ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ६३ हजार ५६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ३ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ३४ हजार ९ सय ९७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ४१ जना रहेको छ।
२४ घण्टामा ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ७ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १५ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।