× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३ संक्रमित थपिए, निको हुनेको संख्या ५७

    २ वर्ष पहिले

    चैत-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १३ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ६ सय ८५ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ६६ हजार ४ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ३६ हजार ४ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ सय २६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३९ जना रहेको छ।

    २४ घण्टामा ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ८ सय २२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १२ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।