× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम: केही प्रदेशकाे पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना

    २ वर्ष पहिले

    चैत-२४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले देशको केही प्रदेशकाे पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

    हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।