× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७ संक्रमित थपिए, निको हुनेको संख्या २५

    २ वर्ष पहिले

    चैत-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ६ सय ९२ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ८ सय १९ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ६९ हजार २ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ८ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ३८ हजार २ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३० जना रहेको छ।

    २४ घण्टामा २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ४ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ११ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।