३ वर्ष पहिले
चैत-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ७ सय २१ जना पुगेको छ ।
२४ घण्टामा ९ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ७७ हजार ३ सय जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ४२ हजार ४ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा २४ जना रहेको छ।
२४ घण्टामा ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार २८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ११ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।