× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धादिङमा माईक्रोबस दुर्घटना: १ को मृत्यु, १६ घाइते

    २ वर्ष पहिले

    बैशाख-४, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा आइतबार बिहान तीनवटा सवारी आपसमा ठोक्किदाँ एक जनाको मृत्यु हुँदा १६ जना घाईते भएका छन् ।

    पोखराबाट काठमाडौतर्फ जादै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुन सोही दिशाबाट आउदै गरेको ना ६ ख २०१४ नं को ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीय मुना गुरुङको मृत्यु भएको छ ।दुर्घटनामा घाईते भएका उनको नर्भिक अस्पताल काठमाडौमा उपचारका क्रममा मत्यु भएको हो ।

    दुर्घटनामा तनहुँको दमौली घाँसीकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका वडा नं ९ बस्ने ३५ वर्षीय कुमार सिंह भुजेल, माइक्रोका सहचालक ब्यास नगरपालिका वडा नं ४ बस्ने २८ वर्षीय नविन ढकाल, व्यास नगरपालिका वडा नं ३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बर बहादुर बिक, म्याग्दी गापा १ बस्ने ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्ण बहादुर नेपाली, घाईते भएका छन् ।

    त्यस्तै तनहु बन्दीपुर गाउपालिका १ बस्ने ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीय राज्यलक्ष्मी श्रेष्ठ, दमौली १० वस्ने २५ वर्षीय जितु सुनार, व्यास नरपालिका ११ बस्ने ४५ वर्षीय मिरा खड्का, सोही ठाउँका ४० वर्षीय सरस्वती राई, तनहु व्यास नगरपालिका ११ बस्ने ४५ वर्षीय मीरा खड्का, सोही ठाउँका ४० वर्षीय सरस्वती राई, म्याग्दी गाउँपालिका ६ बस्ने ३० वर्षीय लाल बहादुर परियार, व्यास नगरपालिका वडा नं १० बस्ने ५१ वर्षीय टिका बहादुर दराई घाईते भएका छन् ।

    सामान्य घाईते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् । अन्य घाईतेहरुलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार पश्चात काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए । ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ ।