× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पल शाह प्रकरण: बलात्कार घटना नभएको भन्दै पीडित पक्षले बयान फेरे

    २ वर्ष पहिले

    बैशाख-४, अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्।

    पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। स्रोतले उनको बकपत्र उद्दृत गर्दै नेपाल लाइभसँग भन्यो, ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं। जाहेरीमा उल्लेख भएजस्तो घटना (बलात्कार) भएको भएको छैन।’

    पीडित पक्षले नै बयान फेरेपछि यो घटनाले नयाँ मोड लिएको छ। उनीहरुको बयानले आरोपी शाहलाई केही राहत पुग्न सक्ने आकलन गरिएको छ। उनीहरुले बयान फेर्नुमा होस्टाइल भएको हुनसक्ने आशंका गरिएको छ।

    नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

    १६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।