× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    हाल सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागका केही स्थान र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।