× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामना एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार दानबहादुर गुरुङले सरोकारवालासँग गरे अन्तरक्रिया

    २ वर्ष पहिले

    बैशाख-१०, चितवनको ईच्छाकामना गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार दानबहादुर गुरुङले प्रतिबद्धता पत्र तयार गर्न आज (शनिबार) सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

    ईच्छाकामना विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको अध्यक्ष पदका उम्मेदवार गुरुङले बताए ।शासक नभएर सेवक हुने प्रण गरेका गुरुङले शिक्षालाई सिपमा परिवर्तन गरे मात्र समग्र ईच्छाकामनाको विकास हुने वताए ।

    प्रेस चौतारी चितवन शाखाको आयोजनामा “ईच्छाकामना विकास र समृद्धि: नागरिक अपेक्षा” विषयक अन्तरक्रिया अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको थियो ।

    कार्यक्रममा एमाले बागमती प्रदेश कमिटिका सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणि सापकोटा, एमाले प्रचार प्रसार विभाग चितवनका प्रमुख रविकिरण पौडेल, एमाले ईच्छाकामना पार्टी कमिटीका अध्यक्ष कृष्णप्रसाद सिलवाल लगायत पत्रकार एवं सरोकारवाला उपस्थित रहेका थिए।