× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामनामा अध्यक्ष, उपाध्यक्ष लगायतका एमाले उम्मेदवारको मनोनयन पत्र दर्ता

    २ वर्ष पहिले

    बैशाख-१२, चितवनको एकमात्र गाउँपालिका ईच्छाकामनामा एमालेबाट अध्यक्ष, उपाध्यक्ष एवं सातै वडाको वडाध्यक्ष र सदस्यको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्षका उम्मेदवार दानबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार माया सिलवाल लगायत सबै वडाका वडाध्यक्ष एवं सदस्य उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्ताका लागि सयौं संख्यामा उपस्थित नेता एवं कार्यकर्ताहरु बाजागाजासहित ईच्छाकामनाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

    मनोनयन दर्ताको अवसरमा ईच्छाकामना वडा नं ५ का वडाध्यक्षको उम्मेदवार तेजबहादुर शेरचनले भने ‘लोकतन्त्र र विकासको खिलाफमा गठबन्धन भएको हुँदा जनता त्यसको विपक्षीमा रहेकोले विकासको लागि पनि एमालेको उम्मेदवारको जित निश्चित भएको र विकास प्रति हामी कटिबद्ध छौ ।’