× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव: देशको केही स्थानमा हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-१४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार स्थानीय वायु तथा पश्चिम वायुको प्रभावले गर्दा देशको केही स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार आज दिउँसो देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

    प्रदेश १ का पहाडी भू-भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशको प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।