× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अध्यक्ष जिते ५ वर्षसम्मको तलब भत्ताले चेपाङ, दलित एवं गरिव जनताको स्वास्थ्य विमा गरिने : तेजबहादुर शेरचन

    २ वर्ष पहिले

    बैशाख-१४, आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ का अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार तेजबहादुर शेरचनले निर्वाचन जिते ५ वर्षसम्म तलब भत्ता नलिने घोषणा गरेका छन्।

    स्थानीय तह अन्तर्गत आफू निर्वाचित भए आफूले पाएको तलब भत्ता नलिने र सो तलब भत्ता बापतको रकम शुरुमा वडावासी चेपाङहरुको स्वास्थ्य विमामा खर्चिने र क्रमशः दलित एवं गरिव परिवारको स्वास्थ्य विमा गरिने बताइएका हुन्।

    साविक दारेचोक गाविसमा नेकपा एमालेको १० बर्षसम्म गाउँ कमिटी अध्यक्ष भई दुई पटकसम्म नेकपा एमालेको जिल्ला समिति सदस्य भएका थिए।

    अघिल्लो पटकका साथै यस पटक हुन गइरहेका स्थानीय निर्वाचनमा पालिका अध्यक्षको उम्मेदवारको दाबेदार मानिएको शेरचनले त्यागको राजनिती लाई अत्मसाथ गरि वडा नं ५ को जनता एवं पार्टीका नेता तथा कार्यकताहरुको आग्रहलाई स्वीकार गरि जनताको सेवा गर्न उम्मेदवारी दिएको उनले बताए।

    आफू भ्रष्टाचार गर्न, पैसा कमाउन र सेवा सुविधा लिने नभई वडाको समृद्धि र विकासमा योगदान गर्न उम्मेदवारी दिएको उल्लेख गरे।

    गाउँपालिका मै स्वच्छ छवि बनाएका शेरचनले समाज सेवामा उनको निस्वार्थ भावनाले गर्दा पार्टी भन्दा माथि बसेर वडावासीले उनलाई मत दिएर जिताउनेमा उनि ढुक्क छन्।