३ वर्ष पहिले
बैशाख-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ९ सय ६६ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार १ सय १९ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख २८ हजार ५ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ७ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ६३ हजार १ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय ५२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय ५१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।
२४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।