× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामनाको अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार विक्रम श्रेष्ठले पाए धारा चिन्ह

    २ वर्ष पहिले

    बैशाख-१७, चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको विक्रम श्रेष्ठले धारा चिन्ह पाएका छ।

    निर्वाचन आयोगले शनिबार स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई धारा चिन्ह प्रदान गरेका हुन्।

    उम्मेदवारी फिर्ता लिन ठुला दलका स्थानीय नेताहरूले आग्रह एवं प्रभाव पार्न प्रयास गरेका भएपनि आफुले उम्मेदवारी फिर्ता नलिएको श्रेष्ठले हाइवे समाचारलाई बताउनुभयो ।

    इच्छाकामना गाउँपालिकामा अध्यक्ष पदका आकांक्षी नेपाली कांग्रेसको गाउँकमिटी सभापति एवं निवर्तमान उपाध्यक्ष तथा जनता माझ अत्यन्त लोकप्रिय युवा नेता किर्तिकुमार श्रेष्ठ स्थानमा इच्छाकामनाका निवर्तमान अध्यक्ष गिता कुमारी गुरुङलाई टिकट दिने निर्णय भएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

    श्रेष्ठले एउटा विचार, दृष्टि, उद्देश्य, सरलता, त्याग, सद्भाव, समर्पण बाट राष्ट्र निर्माण र विकास हुने भएकोले नेपाली जनताले आउँदो स्थानीय चुनाबमा हाम्रोलाई होइन राम्रो, नैतिकवान र इमान्दार व्यक्तिलाई मतदान गरि उज्वल भविष्य निर्माण सुनिश्चितता गर्नुपर्ने भएको र यो विचार र दर्शनमा कटिबद्ध भई स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उमेद्धारी दिएको हुँदा सहयोगका लागि सम्पुर्ण इच्छाकामना गाउपालिकाबासी आमा बुबा, दाजुभाई दिदी बहिनीहरुमा हार्दिक अपिल गरेका छन्।

    इच्छाकामना गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनबाट गिता कुमारी गुरुङ र नेकपा एमालेबाट दानबहादुर गुरुङ अध्यक्ष पदका प्रत्यासी हुन्।